Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज गणतन्त्र दिवस, सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै


ग्लोबल पाना
सोमबार, जेठ १५ २०८०
  • 251
    SHARES

  • images
    आज गणतन्त्र दिवस, सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै

    काठमाडौं । महान् उत्सवका रूपमा मुलुकभर  विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ ।

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइने छ ।

    सोही दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूणर् नेपाली दिदीबहिनी तथा दाजुभाइमा  हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूणर् श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहनुभएका दलका नेताहरूले  गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबै जनसमुदायलाई हार्दिक अभिनन्दन प्रकट गर्नुभएको छ । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।

    तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

    गणतन्त्रलाई एउटा शासन प्रणालीमात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिका रूपमा लिने गरिएको छ । सरकार प्रमुख एवं राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको सुन्दर प्रणालीलाई बलियो तुल्याएर गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नका लागि त्यसतर्फ अग्रसर हुन सबै नेपाली जनतामा आह्वानसमेत गर्नुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ