Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नारयणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड


ग्लोबल पाना
सोमबार, जेठ १५ २०८०
  • 312
    SHARES

  • images
    नारयणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड

    काठमाडौं । जेठ १४ पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

    images
    images
    images

    नारायणगढ(बुटवल र कमला(कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला (ढल्केवर(पथलैया, वुटवल( गोरूसिङ्गे, काकडभिट्टा( लौकही, पथलैया( नारायणगढ र लमही(भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको छ ।

    नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू उनले बताएका छन् । पूर्व(पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन् ।

    नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए ।

    दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ