Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

निरजमान सैंजु सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा नियुक्त


ग्लोबल पाना
बुधबार, जेठ १७ २०८०
  • 204
    SHARES

  • images
    निरजमान सैंजु सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा नियुक्त

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरज मान सैंजु नियुक्त भएका छन् ।कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।

    images
    images
    images

    ४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्षभन्दा बढी उत्कृष्ट अनुभव छ । क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनिय ज्ञान छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आफुले कम्पनीको दिगो आर्थिक बृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालको सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने बिश्वास दिलाएका छन् ।

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ