Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड


ग्लोबल पाना
बुधबार, जेठ १७ २०८०
  • 221
    SHARES

  • images
    ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन्। मंगलबार माओवादी मुख्यालय पेरिसडाडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै दाहालले गौर हत्याकाण्ड र दरवार हत्याकाण्डको अनुसन्धानका साथै ठूला ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताएका छन्।

    images
    images
    images

    उनले ४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरुको सम्पती छानविन गर्ने समेत बताए। माओवादी अध्यक्ष समेत रहेका दाहालले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको बताए। राज्यको नेतृत्वमा बस्नेहरु नै भ्रष्टाचारमा सामेल हुन थालेपनि यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको भन्दै प्रचण्डले सेटिङ मार्फत हुने भ्रष्टाचारबिरुद्ध दरोसँग उभिने संकल्प गरेको बताए।

    प्रचण्डले प्रधानमन्त्रीको रुपमा नेपाल राष्ट्रका लागि केही नयाँ गर्नेगरि भारत भ्रमणमा जान लागेको जानकारी दिए। प्रधानमन्त्री दाहालले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारिक र वैधानिक ढंगले स्थापीत गर्नु ठूलो कुरा भएको बताए।

    उनले कतिपयलाई मन नपरेपनि १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गर्दै जनयुद्धका सहभागीहरुलाई राष्ट्रिय सहीदको रुपमा सम्मान गरिएको जिकिर गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ