Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गुडिरहेको बसभित्र भीषण गोली हानाहान


ग्लोबल पाना
बुधबार, जेठ १७ २०८०
  • 176
    SHARES

  • images
    गुडिरहेको बसभित्र भीषण गोली हानाहान

    काठमाडौं । गुडिरहेको बसभित्र गोली चलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसमा बस चालक र यात्रुले एकअर्कालाई गोली हानेका छन् । बसभित्र भएको यो घटना देख्दा जो कोही पनि छक्क पर्न सक्छन् ।

    images
    images
    images

    पहिले यात्रुको चालकसँग झगडा हुन्छ, त्यसपछि चालकले उनीमाथि आक्रोशित भएर गोली चलाउन थाल्छन् । त्यसपछि यात्रुले पनि गोली चलाउन थाल्छन्। घटना अमेरिकाको नर्थ क्यारोलिनाको हो । सीएनएनको रिपोर्ट अनुसार यो घटना गत हप्ता शार्लोट क्षेत्रमा भएको हो।

    यहाँ गुडिरहेको बसमा एक यात्रुले चालकसँग दुर्व्यवहार गर्न थाले । उनी ड्राइभिङ सिट नजिक आएर चालकलाई गाली गर्न थाले । कुरा गर्दै गर्दा उनले बन्दुक निकाले । उनको दुवै हातमा बन्दुक थियो । त्यही क्रममा चालकले उनीमाथि गोली प्रहार गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ