Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आगामी वर्षको बजेट उत्पादनमा केन्द्रित गछौँ : मुख्यमन्त्री पाण्डे


ग्लोबल पाना
शनिबार, जेठ २० २०८०
  • 207
    SHARES

  • images
    आगामी वर्षको बजेट उत्पादनमा केन्द्रित गछौँ : मुख्यमन्त्री पाण्डे

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले सरकारले आगामी वर्ष २०८०र८१ को वार्षिक बजेट उत्पादन वृद्धिमा केन्द्रित गर्ने बताएका छन् ।

    images
    images
    images

    सरकारको नीति कार्यक्रम तथा बजेटका विषयमा आज पोखरामा सञ्चारकर्मीसँगको छलफलमा उनले साधन स्रोत सिमित भएकाले धेरै उत्साहित हुने अवस्था नरहे पनि उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै जनताका विकास निर्माणका चाहना पूरा गरिने बताए ।

    मुख्यमन्त्री पाण्डेले भने, “जति साधन स्रोत छ, त्यसलाई अधिकतम उपयोग गर्दछौँ र उत्पादनमा बजेट केन्द्रित गर्ने योजना बनाएका छौँ । अनुत्पादक क्षेत्रमा बजेट राख्दैनौँ, कहाँ कहाँ घटाउन सकिन्छ भनेर खोजी गरी रहेका छौँ । मितव्ययी बन्छौँ ।” मुख्यमन्त्री पाण्डेले स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिने योजना रहेको सुनाए ।

    सरकारले आगामी वर्ष सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार निर्माणतर्फ बजेटको सिलिङ तोकेर लगानी गर्ने र खुद्रा योजनामा बजेट खर्च नगरिने उनले स्पष्ट पारे । सामुदायिक भवनलाई निर्माणलाई जोड दिने मुख्यमन्त्री पाण्डेले बताए ।

    सांसद विकासलाई कोषलाई निरन्तरता दिने कि नदिने भन्ने बारेमा सत्तापक्ष र प्रतिपक्ष सबैसँग छलफल भइरहेको उनले बताए । “सांसद विकास कोषको बजेट सांसदले खर्च गर्ने होइन, विनियोजित अनुसारको योजना छनोट गर्ने हो ।

    सांसद पनि जनतासँग जोडिएका हुन्छन् । कतिपय प्रतिवद्धता हुन्छन् । त्यसलाई पूरा गर्नका लागि सांसद विकास कोष रहन सक्छ । छलफल भइरहे पनि टुङ्गो लागेको छैन ।” मुख्यमन्त्री पाण्डेले भने । सरकारले सञ्चार क्षेत्रका लागि समेत बजेटमा व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए ।

    नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले सरकारले सञ्चार विधेयक छिटो ल्याउन माग गरे । सञ्चारमाध्यमको दर्ता, नविकरण लगायतका कार्य प्रदेशमै हुने व्यवस्था गर्न उनको आग्रह थियो ।

    कार्यक्रममा सहभागी सञ्चारकर्मीले पत्रकारका लागि तालिम, महासङ्घका जिल्ला शाखाका भवन निर्माण, लेखनवृत्ति, सञ्चार उपकरण खरीदमा अनुदानलगायतका कार्यक्रम प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गर्न माग गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ