Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरौं : मुख्यमन्त्री पाण्डे


ग्लोबल पाना
शनिबार, जेठ २० २०८०
  • 317
    SHARES

  • images
    गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरौं : मुख्यमन्त्री पाण्डे

    गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने बताएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका-११ घान्दु्रकमा आयोजित अन्नपूणर् सेञ्चुरी पर्यटन महोत्सवमा उनले गाँजाबाट औषधि र डाँठबाट धागोको कच्चा पदार्थ निकाल्न सकिने उल्लेख गरे ।

    images
    images
    images

    “सम्भाव्यता अध्ययन गरेर औषधिजन्य प्रयोजनका लागि गाँजाको खेती खुला गर्नुपर्छ, यसका लागि कानून र नियमनकारी निकाय चाहिन्छ”, मुख्यमन्त्री पाण्डेले भने, “गाजाँ खेतीलाई वैधानिक बनाउन सकियो भने बाँझो रहेको जग्गाको सदुपयोग हुन्छ, आम्दानीको ठूलो स्रोत बन्छ ।”

    सङ्घ सरकारले नीति तथा कार्यक्रममा गाँजा खेतीको अध्ययन गर्ने विषय समेटेकामा उनले खुसी व्यक्त गरे । “यो विषयमा हामीले बेलाबेला कुरा उठाउँदै आएका छौँ, सङ्घ सरकारले नै गाँजाको अध्ययन कुरामा जोड दिएको छ, यो राम्रो कुरा हो”, मुख्यमन्त्री पाण्डेले भने।

    उनले घरेलु मदिरालाई पनि गुणस्तर कायम गरेर बजारमा सहज बिक्री वितरण गर्ने वातावरण बनाउनुपर्ने बताए । “घरेलु मदिरा लुकाएर भए पनि उत्पादन भइरहेकै छ, प्रयोग पनि भइरहेको छ, अब यसलाई ब्राण्डिङ गर्नतिर लाग्नुपर्छ”, उनले भने, “पाहुना र पर्यटकलाई विदेशी महँगो रक्सी होइन, स्थानीय उत्पादन चखाउनुपर्छ ।”

    विदेशीले नेपालकै जस्तै घरेलु मदिरालाई ब्राण्डिङ गरेर अरु देशमा समेत पठाइरहेको उनले बताए। आवश्यक कानूनी प्रबन्ध गरेर घरेलु मदिरा ब्राण्डिङ गर्न सकिने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्न सके गाउँठाउँमै आयआर्जन र रोजगारीको बाटो खुल्ने उनले बताए।

    मुख्यमन्त्री पाण्डेले पर्यटकीय गाउँ घान्द्रुकको पहिचान नमेटिने गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताए । उनले घान्दु्रकको मौलिकता विस्तारै ह्रास हुँदै गएकामा चिन्तासमेत व्यक्त गरे । “पर्यटक घान्द्रुकको गाउँले परिवेश र संस्कृति हेर्न आउँछन्, यसलाई जोगाइएन भने भोलि यहाँको पर्यटन खस्किन सक्छ”, मुख्यमन्त्री पाण्डेले भने।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ