Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भुटानी शरणार्थीमाथि लेखिएको पुस्तक ‘माईखोलादेखि पुनर्वाससम्म’ सार्वजनिक


ग्लोबल पाना
सोमबार, जेठ २२ २०८०
  • 234
    SHARES

  • images
    भुटानी शरणार्थीमाथि लेखिएको पुस्तक ‘माईखोलादेखि पुनर्वाससम्म’ सार्वजनिक

    काठमाडौं । नक्कली भुटानी शरणार्थी बाारे चर्चा चलिरहँदा मोरङ पथरीका दिपेन्द्रराज तिम्सिनाले भने भुटानी शरणार्थी बाारेको इतिहास समेटिएको पुस्तकलाइ पाठक समक्ष ल्याएका छन्। दिपेन्द्रराज तिम्सिनालाई एक दशक अघिसम्म पत्रिकामा कुन समाचार कुन पातोमा राख्ने भन्ने ध्याउन्न हुन्थ्यो। ६० को दशकमा सक्रिय पत्रकारिता गरेका तिम्सिना पछिल्लो समय पत्रकारबाट पुस्तक लेखक र संकलकका रुपमा आफ्नो परिचय बदल्ने प्रयासमा छन्।

    images
    images
    images

    आफूले लेखेका संकलन गरेका पुस्तक चर्चित भए पनि नभएपनि दिपेन्द्र निरन्तर पुस्तक प्रकाशन गरिरहेका छन्। २०६८ सालमा टेलिफोन डायरी नामको पुस्तकलाई वजारमा ल्याएका तिम्सिनाले यसपछि करिव दर्जन पुस्तक लेखिसकेका छन्। कुनै बेला समाचार संकलनका लागि भ्याइ नभ्याइ गर्ने उनी अहिले पुस्तकका सन्दर्भ सामाग्री संकलन गर्न, त्यसको अनुसन्धान गर्न र त्यस विषयमा अध्यायन गर्न व्यस्त हुन्छन्।

    कोरनाकालमा समेत सृजनात्मक काममा लगाएका तिम्सिनाले त्यही बेला दुई पुस्तकलाई वजारमा ल्याए। झापा र मोरङमा वसोवास गरिरहेका धिमाल जाति बाारे पुस्तक लेखेका उनीले अहिले झापा र मोरङमै वसोवास गर्ने भुटानी शरणार्थीबाारे पुस्तक तयार पारेका छन्। सधैं हतारमा हुने तिम्सिनाले भुटानी शरणार्थीको कथालाई पुस्तकका रुपमा उतारेका छन्। ‘माइखोलादेखि पुर्नवाससम्म’ नामको पुस्तकलाई हालैमात्र पाठकको हातमा ल्याएपछि यो कृति अब तिम्सिनाको मात्र भएको छैन पाठकको पनि भएको छ।

    नेपाल र भुटानको इतिहासदेखि नेपालीहरुको भुटान प्रवेश मात्रै खोज गरेका छैनन् यो पुस्तकका लेखकले नेपाली भाषी भुटानीको शरणार्थी जीवनलाईसमेत शव्दका रुपमा उतारेका छन्। करिव २ दशक भन्दा बढी समयदेखि झापा र मोरङका शरणार्थी शिविरमा शरणार्थीका रुपमा रहेर जीवन यापन गरेका तिनै भुटानी शरणार्थीका वारेमा खोजमुलक पुस्तक प्रकाशित गर्नु चानचुने काम होइन। सीमित श्रोत साधनको प्रयोगले नेपाली भाषी भुटानीहरुको इतिहास लेख्न सकेका छन् तिम्सिनाले।

    समयकालमा कमै लेखिने यस्ता इतिहास आज भन्दा भोलिका दिनमा थप महत्वपूणर् संग्रह हुनेछ। यो पूस्तकका के छ त? नेपाल भुटान गोरखा राज्यदेखिको सम्बन्धको इतिहास उक्काएका तिम्सिनाले पुस्तकका त्यो बााहेक भुटानी राजाको जन्म नेपालमा भएको इतिहासदेखि पृथ्वीनारायण शाहको जन्म भुटानी तान्त्रिक लामाद्वारा गरिएको इतिहाससम्म यो पुस्तकमा संग्रहित गरेका छन्।

    हाम्रा धार्मिक सम्पदाहरुमा भुटानीहरुको सम्वन्ध के थियो भन्ने जान्न पनि यो पुस्तक पढन आवश्यक छ। जहाँ खोटाङ हलेसी मन्दिर, गुरु पद्मसम्भवले जोडेको धार्मिक सम्बन्धका बाारेमा लेखिएको छ। यही पुस्तकमा नेपाल भाषी भुटानीहरुमा भुटानी राज्यसत्ताले भुटानमा गरेका चर्चित हत्याकाण्डहरुका वारेमा पनि लेखिएको छ। नेपाल भाषी भुटानी शहिद र राजवन्दी बाारे लेखिएको पुस्तक वास्तवमा यो एउटा पूणर् प्याकेज हो भनेर भन्न कन्जुस्याइ गर्नु हुन्न।

    नेपाली भाषी भुटानीहरु कसरी नेपाल लखेटिएका थिए। त्यसपछि माईखोला बगरमा सुरुको कष्टकरपुणर् बसाइँ कस्तो थियो। स्वदेश फिर्तिको लागि शरणार्थीले गरेका आन्दोलनका वारेमा पुस्तकमा संग्रहित गरिएको छ।

    इतिहास केलाउने क्रममा लेखकले नेपाल भुटानबीच भएका वार्ता कुन कुन चरणमा कुन कुन स्तरमा भएसम्मका इतिहास खोतलिएको छ। पुस्तकलाई लेखकले इतिहास, भाषा तथा साहित्य, संगीत तथा खेलकुद, पूनर्वास, विश्व शरणार्थी र लेख रचना गरि ६ वटा खण्डमा बिभाजन गरेका छन्। जम्मा ४०० पेजको रहेको संग्रह भुटानी शरणार्थी र यो वारे अध्यायन गर्नेका लागी महत्वपूर्ण सामाग्री हुन सक्छ। तिम्सिनाका यस अघि ९ वटा पुस्तक प्रकाशित भइसकेको छ।

    टेलिफोन डायरी, मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नं २ एक चिनारी, पथरी शनिश्चरे नगरपालिका एक चिनारी, जेसीज दस्तावेज विगतदेखि वर्तमान सम्म, धिमाल जातिको इतिहास विगतदेखि वर्तमान सम्म, इतिहासमा पथरी शनिश्चरे, मोरङका जनप्रतिनिधि संगालोलगायतका कृतिलाई बजारसम्म ल्याएका तिम्सिनाको यो कृति इतिहास अध्यायन गर्नेका लागि थप खुराक हुनसक्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ