काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न खाले प्रश्न तेर्स्याएका छन् । नागरिक विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा प्रधानमन्त्री दिएका अभिव्यक्तिलाई लिएर आइतबार प्रतिपक्षी दलहरुले सदन अवरोध गरेपछि सोमबारको बैठकमा प्रधानमन्त्री पचण्डले सम्बोधन गरेका छन् ।
सम्बोधनपछि प्रधानमन्त्री प्रचण्डलाई सत्तासँग लुम्बिनी र कपिलवस्तु साटेको हो भन्ने प्रश्न गरेका छन् । सांसद रोशन कार्कीले प्रधानमन्त्रीलाई यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन्, ‘प्रधानमन्त्री ज्यू, नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई सत्तासँग साट्नुभएको हो ?’ यसैगरी महेशकुमार बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई सटापटा गरौं भन्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे ।
‘लिपुलेकलाई सटापटा गर्न सकिने अभिव्यक्ति दिनुयभो । यो अधिकार तपाईँलाई कसले दियो ? संविधानले यो राष्ट्रहित प्रतिकुल हो । यो दण्डनीय छ ।’ यसैगरी गोकुल बास्कोटाले भारतसँग सीमा विवादका सन्दर्भमा बंगलादेश मोडल पनि नेपालका लागि सही हुन नसक्ने संकेत गरे । ‘बुद्धिजिबीलाई देखाएर बंगलादेश मोडलको कुरा गर्नुभयो ।
तर बंगलादेश कुनै समय भारतकै थियो । यो बिर्सनु भएन । नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर उनले राष्ट्रपति बडामहाराजधिरज भएका हुन् ? भन्ने प्रश्न पनि गरे ।
यसैगरी दिलेन्द्रप्रसाद बडुले कलापानी लिपुलेकलगायतका नेपाली भूमि फिर्ता ल्याउन ठोस कदम चाल्नुपर्ने बताएका छन् । ‘सीमा समस्या नसुल्झाइ राख्नु दुबै देका लागि उचित हुँदैन । यसबारे थप वार्ताको प्रारम्भ कहिले कहाँ सुरु हुन्छ ।’
.gif)




 x 450 (H) Global Pana.jpeg)


