Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ड्रेस टु इम्प्रेस सिजन-८, कसले जिते ‘उत्कृष्ट डिजाइनर उपाधि’


ग्लोबल पाना
मंगलबार, जेठ २३ २०८०
  • 215
    SHARES

  • images
    ड्रेस टु इम्प्रेस सिजन-८, कसले जिते ‘उत्कृष्ट डिजाइनर उपाधि’

    काठमाडौं । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर सम्पन्न ‘ड्रेस टु इम्प्रेस सिजन-८’मा आईआईएफटी स्कुल अफ फेसन एंड इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने कोर्ष पूरा गरेका १३३ जना डिजाइनरहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।

    images
    images
    images

    जसमध्ये चार जना उत्कृष्ट डिजाइनर छनोट गरिएको हो ।आईआईएफटी स्कुल अफ फेसन एंड इन्टेरियर डिजाइन नेपालकी विद्यार्थी अन्जुमान बानो ‘बेष्ट आउट अफ वस्ट’ थिममा उत्कृष्ट डिजाइनर बनेकी छन् । आयोजकले प्रतिस्पर्धाहरुलाई चार वटा थिम दिएको थियो । जसमध्ये ‘फाइभ सिजन’ थिममा ममता राई उत्कृष्ट ठहरिइन् भने ‘फाइभ इलिमेन्ट’मा करुणा अर्यालले उत्कृष्ट सिर्जना पस्कँदै विजेता घोषित भएकी छन् ।

    यस्तै, अर्को थिम थियो, ‘बोल्ड एक्सेसरिज’, जुन थिममा दमायन्ती अधिकारीले तयार पारेको पहिरन उत्कृष्ट ठहरियो । डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा समूहगत प्रतिस्र्धा भएको थियो । डिजाइनिङ र मोडलिङको कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको हो । जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन् ।

    बरिष्ठ फोटो पत्रकार एवं गीतकार हरि गोपाल प्रधानको सभापतित्वमा सम्पन्न डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस सिजन-८’ लागि काठमाडौं युनिभर्सिटीका भ्वाइस चान्सलर डा. भोला थापा प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने , कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, निभा श्रेष्ठ, महेश महर्जन, रमिला नेमकुल, रिया महर्जन, निशा श्रेष्ठ, पूर्वमिस नेपाल जेनिशा मोक्तान, उद्यमी कृष्ण राज तिमल्सिना र रुपेश प्रधान निर्णायक रहेका थिए । आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम हो ।

    आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरुवात गरिएको प्रबन्धक निर्देशक शेर्पाले बताए । काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरियर कोर्ष अध्यापन गराउँदै आएको छ ।

    अहिलेसम्म आईआईआएफटीबाट हजारौंको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाको भनाइ छ । उक्त कार्यक्रममा प्रत्यक बिजयेताहरुले रु पन्ध्र हजार नगद तथा बज्र फिटनेस र केज फिटनेस को तर्फा बाट आकर्सक गिफ्ट हम्पर प्राप्त गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ