Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अमिताभ र धर्मेन्द्रकी ‘अनस्क्रिन आमा’ सुलोचनाको निधन


ग्लोबल पाना
मंगलबार, जेठ २३ २०८०
  • 199
    SHARES

  • images
    अमिताभ र धर्मेन्द्रकी ‘अनस्क्रिन आमा’ सुलोचनाको निधन

    मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री सुलोचना लाटकरको ९४ वर्षको उमेरमा आइतबार राती निधन भएको छ। गत मे ८ मा रेस्पिरेटरी इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सुलोचनाले सन् १९४० बाट फिल्मी करियर सुरु गरेकी थिइन्।

    images
    images
    images

    उनले हालसम्म करिब २ सय ५० हिन्दी र मराठी फिल्ममा अभिनय गरिन्। बलिउडमा उनले धर्मेन्द्र र अमिताभ बच्चनका अनस्क्रिन आमाको रुपमा अभिनय गरेर चर्चा पाएकी थिइन्। उनको वास्तविक नाम नगाबाई थियो। प्रख्यात मराठी निर्देशक भालजी पेढारकरले उनलाई सुलोचना नाम दिएका थिए।

    उनले १४ वर्षको उमेरमा कोल्हापुरका एक जमिन्दार आबासाहेब चव्हाणसँग विवाह गरेकी थिइन्। करियरको सुरुवातमा सुलोचनाले कैयौं हिन्दी र मराठी फिल्ममा प्रमुख अभिनेत्रीका रुपमा अभिनय गरिन्। यी फिल्ममा उनको अपोजिटमा अशोक कुमार, त्रिलोक कुमार र नाजिर हुसेनजस्ता कलाकारको अभिनय थियो। उनले आफ्नो करियरमा कैयौं प्रख्यात अभिनेता र अभिनेत्रीकी आमा अथवा हजुरआमाको भूमिकामा अभिनय गरिन्।

    सन् १९६०देखि ९० को दशकको सुरुवातमा देव आनन्द, सुनील दत्त, अमिताभ बच्चन, धर्मेन्द्र र राजेश खन्ना जस्ता सुपरस्टारको आमाको भूमिकामा अभिनय गरिन्। उनले सन् १९९९ मा पद्मश्री र २००४ मा फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड पाइन्।

    सन् २००९ मा महाराष्ट्र सरकारले उनलाई प्रतिष्ठित महाराष्ट्र भूषण अवार्ड प्रदान गरेको थियो। उनले ‘आए दिन बहार के’, ‘गोरा और काला’, ‘देवर’, ‘जोनी मेरा नाम’, ‘मुकद्दरका सिकन्दर’, ‘तलाश ‘ र ‘आजाद’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन्। सन् २००७ मा रिलिज फिल्म ‘परीक्षा’ उनको अन्तिम फिल्म थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ