Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नागरिकता विधेयक प्रमाणिकरण पछि प्रवासी नेपाली खुशी : माधव नेपाल


ग्लोबल पाना
बुधबार, जेठ २४ २०८०
  • 262
    SHARES

  • images
    नागरिकता विधेयक प्रमाणिकरण पछि प्रवासी नेपाली खुशी : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताएका छन्।

    images
    images
    images

    प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्ट्रेलिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरि स्वदेश फर्किएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालहरुको समस्या समाधान भएको प्रति उनीहरु उत्साहित भएको बताएका हुन्।

    उनले अष्ट्रे लियामा नेपालबाट नेपाली बिमान सिघै जानका लािग पहल भइरहेको जानकारी पाएको उल्लेख गरे। प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफू बाहिर रहँदा पनि प्रधानमन्त्री र नेताहरुसँग कुराकानी गरेको अव यस बिषयमा थप छलफल गर्ने उनले बताए।

    त्यस्तै उनले बजेटका बिषयमा आएका चर्चाका बिषयमा आफू जानकार रहेको भन्दै यस बिषयमा पनि प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिए। सगरमाथाको आरोहणको ७० औं बर्षदिवसको कार्यक्रम सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ