Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज विश्व खाद्य स्वच्छता दिवस, अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका रोगको जोखिम


ग्लोबल पाना
बुधबार, जेठ २४ २०८०
  • 243
    SHARES

  • images
    आज विश्व खाद्य स्वच्छता दिवस, अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका रोगको जोखिम

    काठमाण्डौ । आज विश्व खाद्य स्वच्छता दिवस मनाईंदैछ । यसवर्षको नारा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ रहेको छ । नेपालको संविधानले हरेक नेपालीका लागि उपभोक्ताको हक, खाद्यसम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ । तर, ती व्यवस्था कार्यान्वयनको पक्ष भने निकै फितलो छ ।

    images
    images
    images

    बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट भएको पाइन्छ भने स्वास्थ्यलाई हानी गर्ने रसायन तथा रंगको समेत प्रयोग गर्ने गरेको पाइन्छ । अखाद्य तथा गुणस्तरहीन खाद्य बस्तुको उपभोगले नागरिकको स्वास्थ्यमा असर पर्ने हुँदा बस्तुको उत्पादनमा गुणस्तर मुख्य मानिन्छ । सरकारले विभिन्न १ सय ३७ वटा खाद्य पदार्थहरुको मापदण्ड र स्वच्छतासँगसम्बन्धी मापदण्ड तयार गरी लागू गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा.मतिना जोशी वैद्यले बताउनुभएको छ ।

    जिम्मेवार निकायले उपभोग्य बस्तुमा हुने कैफियत रोकथामको प्रयास गरेको दाबी गरे पनि बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट हुने गरेको भेटिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झण्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । अस्वस्थकर खानाले दुई लाख ३० हजारको ज्यान जाने गरेको छ । अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका रोग लाग्ने डब्लुएचओले जनाएको छ ।

    खाद्य स्वच्छता सप्ताहमा अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट हुने हानी नोक्सानी, रोगको जोखिमबारे उपभोक्तालाई जानकारी गराउने, त्यसका लागि खाद्य स्वच्छतासम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रणका विभागका महानिर्देशक डा.जोशीले जानकारी दिनुभयो । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र संघको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निणर्य गरे अनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ।

    दिवसका अवसरमा गएको मंगलवारदेखि सप्ताहव्यापी कार्यक्रम गरिएको थियो । दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कृषि मन्त्री डा.बेदुराम भुसाललगायतले शुभकामना व्यक्त गरी स्वच्छ खाद्य बस्तु उत्पादनका लागि खाद्य शृङ्खलाको हरेक चरणमा गुणस्तरयुक्त अभ्यास तथा मापदण्डको अनिवार्य पालना गर्न आग्रह गर्नुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ