Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गैर आवासीय नेपाली संघ अमेरिकाको पश्चिम क्षेत्रीय अध्यक्षमा उमेदवारी दिदै समाजसेवी विष्णु के.सी.


ग्लोबल पाना
बुधबार, जेठ २४ २०८०
  • 1,002
    SHARES

  • images
    गैर आवासीय नेपाली संघ अमेरिकाको पश्चिम  क्षेत्रीय अध्यक्षमा उमेदवारी दिदै समाजसेवी विष्णु के.सी.

    काठमाडौं । गैर आवासीय नेपाली संघ अमेरिकाको  पश्चिम क्षेत्रीय अध्यक्षमा समाजसेवी विष्णु के.सी.ले आफ्नो उमेदवारी दिदै ‍हुनुहुन्छ । उहाँले गैर आवासीय नेपाली सङ्घ अमेरिकाको भर्जिनियामा रहेको केन्द्रीय कार्यालयबाट औपचारिक रूपमा काम सुरु भएको बताउनु भएको हो ।

    images
    images
    images

    समाजसेवी के.सी. भन्नुहुन्छ, "अमेरिका राज्यमा बसोवास गर्नु हुने सम्पूर्ण आदरणीय आमा बुवा, दिदि बहिनी, दाजु भाई, तथा सामाजिक अभियन्ता ज्यु एवम पत्रकार मित्रहरु, यहाँहरुको आशिर्वाद, माया सहयोगले गर्दा NRNA NCC USA CA Chapter देखि केन्द्रिय सम्म बिभिन्न पदमा काम गर्ने अवसर पाए जुन यहांहरूले दिनु भएको अवसर लाई सदुपयोग गर्दै आफू संस्था र समाज प्रति उत्तरदायी हुदै यस कार्य समितिमा बसेर इमानदार पूर्वक काम गरेको कुरा यहाँहरु माझ छर्लङ्ग छ ।

    यसरी कार्य गर्दै गर्दा केही सिक्ने अवसर पनि पाए भने केही तिता मिठा अनुभब पनि बटुल्दै यहाँ सम्म आइपुगे ।अब आउने दिनमा पनि ति अनुभवलाई सहि सदुपयोग गर्दै अगाडि बढ्ने इच्छा ब्यक्त गरेको छु । यहि कर्म भुमिमा हामीले जे जति कार्य सम्पादन गर्न सक्यौ यहाँहरु कै सहयोग साथ अनि सुझाव बाट नै संभव भएको हो। त्यसैले त भनिन्छ नि सदस्यहरु संस्थाका मेरुदण्ड हुन । जति धेरै सदस्यहरु भय संस्था त्यति नै बलियो एवम् सक्षम हुन्छ। NRNA NCC USAलाई बलियो र उद्देश्यमुखी बनाउन हामी सबैको आबद्धता अति नै आवश्यक छ ।

    हाल संस्थाले सदस्यता लिनका लागि आह्वान गरेको व्यहोरा यहाँहरु सबैलाई अवगत नै छ । हामी सबैले ब्यस्त समयको परपुर प्रयोग गर्दै बचेको समयलाई सामाजिक क्षेत्रमा आबद्ध भएर संस्थालाई राम्रो संग बुझ्ने अनि भविष्यमा के कस्ता योजनाहरु ल्याई नेपाली समुदायलाई सहयोग पुर्याउन सकिन्छ भन्ने चहाना इच्छालाई यसै साझा सस्थाबाट प्रस्तुत भएर नेपाली समाजमा सहयोग गर्ने र मैले देखेको सपना अनि समाजको आवश्यकता लाई सम्बोधन गर्न यहाँहरुको साथ सहयोग सुझाव अति नै आवश्यक हुन्छ।

    तेहि सहयोग सुझाब सद्भाब पाउछु भन्ने पुर्ण विश्वास राख्दै अगामी २०२३ -२५ कार्यकालको लागि यहाँहरुको साथ पाउने अभिलाषा सहित मैले आर सि० वेष्टकोष्ट रिजन गैर आवासीय नेपाली सघ अमेरिका ( क्षेत्रीय पश्चिम सयोजन )Region coordinator chair west Region NRNA NCC USA )मा आफ्नो उमेदवारी दिने ईच्छा यहाँहरु समक्ष प्रस्तुत गरेको छु । यहाँहरुको सहयोग सुझाव अनि माया पाउने अपेक्षा साथ हार्दिक अनुरोध गर्दछु ।"

    - विष्णु के.सी. (कालिफोनिया अमेरिका)

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ