Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री


ग्लोबल पाना
बिहीबार , जेठ २५ २०८०
  • 228
    SHARES

  • images
    मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालसम्म अहिलेसम्म चल्दै आएको मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    बिहीबार बुटवलमा लुम्बिनी केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्मका योजनावद्ध विकासका प्रयासबाट उत्पादन र रोजगारीको क्षेत्रको प्रगति उत्साहजनक नभएको भन्दै विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका हु्न् ।

    प्रधानमन्त्री प्रचण्डले देशको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले उनीहरूलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा आफु रहेको बताए । उनले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

    मुलुकको अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी निजी क्षेत्रका साथीहरूकै सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको उनले बताए । उनले पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने बताए ।

    उनले हालसालै भारतको औपचारिक भ्रमणका क्रममा पनि नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीहरूलाई आह्वान गरेको बताए । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट रहेकाले लगानी एवं व्यवसायका क्षेत्रमा आउने जस्तोसुकै समस्या पनि हल गर्न तयार रहेको धारणा राख्नुभयो ।

    लुम्बिनी केबलकार कूल रु साढे तीन अर्ब लगानीमा निर्माण भएको हो । आईएमई समूहको लगानीमा बनेको केबलकारको बटम स्टेशन बुटवल-३ बमघाट र टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरमा रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ