Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै


ग्लोबल पाना
शुक्रबार, जेठ २६ २०८०
  • 216
    SHARES

  • images
    निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै

    काठमाडौं । आज निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल हुँदैछ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बजेट बक्तब्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुलाई छलफलमा बोलाएको हो।

    images
    images
    images

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको छ। उनका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग बिभिन्न बिषयमा छलफल हुनेछ।

    आज निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलका लेखापरीक्षणको सम्बन्धलगायतमा छलफल हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ