काठमाडौं । आज राष्ट्रिय सभा बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ः३० बजे बस्नेछ।
आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथी उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसुची रहेको छ।
गत जेठ १५ गते अर्थमन्त्री महतले पेश गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ। आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


