Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते


ग्लोबल पाना
शुक्रबार, जेठ २६ २०८०
  • 266
    SHARES

  • images
    सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते

    इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

    images
    images
    images

    साथै सो दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। प्रदेशको माथिल्लो दिरबाट चित्राल जिल्ला जाँदै गर्दा यात्रुवाहक गाडी खाडलमा खसेको उद्धार टोलीले जनाएको छ।

    स्थानीयवासी र उद्धार टोलीले घटनास्थलमा पुगेर घाइते र शबलाई अस्पताल पुर्याएका थिए। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशंका गरेका छन्।

    सो गाडीमा चालकसहित २० जना सवार रहेको उद्धार टोलीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ