Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको लुम्बिनीको नीति कार्यक्रम


ग्लोबल पाना
शुक्रबार, जेठ २६ २०८०
  • 208
    SHARES

  • images
    रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको लुम्बिनीको नीति कार्यक्रम

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०्०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    images
    images
    images

    १६९ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा रोजगारी सिर्जना गर्ने गर्ने नीति तथा कार्यक्रमलाई प्रमुख प्राथमिकता दिइएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सपथग्रहणकै क्रममा रोजगारी सृजनालाई प्रमुख प्राथमिकता दिने घोषणा गरेअनुसार नीति तथा कार्यक्रममा पनि रोजगारी सिर्जनालाई जोड दिइएको छ।

    प्रदेशबासीको आवश्यकता बमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन बृद्धि गर्दै जीवनस्तरमा दिगो सुधार एवम् उत्पादन र उत्पादकत्व बृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीति प्राथमिकमा केन्द्रित हुनेगरी कार्यक्रम चलाइने भएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा केहि आकर्षक नाराहरु समेटिएको छ।

    यसैबीच नीति तथा कार्यक्रमका बारेमा नेताहरुले मिश्रित प्रतिक्रिया जनाएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता लिला गिरीले अहिलेको आर्थिक समस्यालाई समाधान गर्ने खालको नीति तथा कार्यक्रम आउनु नसकेको प्रतिक्रिया दिए।

    उहाले नीति तथा कार्यक्रम परम्परागत रहेको बताउनुभयो । त्यस्तै अन्य प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन्। कृषकबाट कृषकसम्म प्रविधि तथा कार्यक्रम बिस्तार गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

    घरदैलोमा प्राविधिक सेवाः उत्पादनमा टेवा, श्रमको सम्मानः लुम्बिनी प्रदेशको अभियान, पढ्दै कमाउदै, कमाउदै पढ्दै, सीप सिकौं दक्ष बनौं, उद्योग दर्तामा प्रविधिः लुम्बिनी प्रदेशको उन्नति, मानव विकासको आधारः लुम्बिनीमा स्तरीय र सुरक्षित पूर्वाधार, कृषिको आधारः सिंचाइमा सुधार, जस्ता नाराहरु प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ