Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मिटरब्याज पीडितहरुको समस्यालाई सरकारले प्रमुखताका साथ लिएकाे छ : गृहमन्त्री


ग्लोबल पाना
शनिबार, जेठ २७ २०८०
  • 264
    SHARES

  • images
    मिटरब्याज पीडितहरुको समस्यालाई सरकारले प्रमुखताका साथ लिएकाे छ : गृहमन्त्री

    महोत्तरी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेर झण्डा हल्लाउने मात्र गर्नेहरुका कारण काम नभएको बताएका छन्। पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जनताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ।

    images
    images
    images

    महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जनताको समस्यामा नेता समेत इमानदारी नभएको आरोप लगाए। कुरा गर्ने दिनको अन्त्य भएको बताउँदै जनतालाई जनप्रतिनिधि र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रति सजग गराए ।

    मिटरब्याज पीडितहरुको समस्यालाई सरकारले प्रमुखताका साथ लिइरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भने, ‘काइते कुरा गरेर कुनैपनि प्रहरीले पीडितलाई थप पिडा दिएको छ भने हामीलाइ उजुरी दिनुस् हामी कारबाही गर्न तयार छौं।’ मिटरव्याज पीडितको लागि जनप्रतिनिधिहरुले एजेन्डा बनाउन नसकेकोप्रति पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे।

    गृहमन्त्री श्रेष्ठले मधेशमा आउदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए। उनले भने, ‘मधेशका श्रमिकहरुले जहिलेपनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन्।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ