Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन


ग्लोबल पाना
शनिबार, जेठ २७ २०८०
  • 300
    SHARES

  • images
    गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

    काठमाण्डौ । नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्।

    images
    images
    images

    गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन्। नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो ।

    सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ । औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ ।

    तर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथिको छलफलमा भाग लिँदै गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने कुराको विरोध गर्नुभएको छ।

    गाँजा खेती खुल्ला गरेमा अहिले बाँझो रहेको जमिनमा खेती गरेर करोडौँ रुपैयाँ आम्दानी गर्न सकिने अभियन्ताहरुको दाबी छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ