Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

त्रिभुवन विमानस्थल नजिकै प्रहरीले लागुऔषध कारोबारीलाई गोली चलायो


ग्लोबल पाना
आइतबार, जेठ २८ २०८०
  • 388
    SHARES

  • images
    त्रिभुवन विमानस्थल नजिकै प्रहरीले लागुऔषध कारोबारीलाई गोली चलायो

    काठमाडौं । प्रहरीले लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन सिनामंगल नजिक एक व्यक्तिमाथि गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    गोली लागी घाईते भएका व्यक्तिलाई प्रहरीले उपचारका लागि अस्पतालमा पुर्‍याएको छ। ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

    विमानस्थलको मुख्य प्रवेशद्वारबाहिर कारोबारीमाथि गोली चलाइएको हो । गोली चलाउँदा केही बेर सडक अवरुद्ध भएको थियो । प्रहरीको फायरिङमा लागुऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ ।

    उनको साथबाट केही मात्रामा लागुऔषध बरामद गरिएको प्रहरीको दाबी छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ