Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियोः अर्थमन्त्री


ग्लोबल पाना
सोमबार, जेठ २९ २०८०
  • 311
    SHARES

  • images
    संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियोः अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् । आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताउनुभयो ।

    images
    images
    images

    संसदमा उठेका विषयमा जवाफ दिनुहुँदै उहाँ भन्नुभयाे, ‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तिमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो ।

    यो पूँजीगत खर्च नै हो ।’ कम्तिमा १ करोड घटिको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालय कै उहाँ प्रष्ट पार्नुभयो । ‘माननीयले त सिफारिश मात्रै गर्ने हो । सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’, उहाँले भन्नुभयो ।

    निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उहाँको भनाई थियो । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गर्नुभएको थियो ।

    यो कार्यक्रम अन्तर्गत एउटा आयोजनामा कम्तिमा १ करोड विनियोजन भएको छ । सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमकाा लागि ८ अर्ब २५ करोड विनियोजन गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ