काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने भनिएको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताउनु भएको हो । 'हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो।
तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन।' महतले भन्नु भयो । चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो । जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौ ।
भुटानले पनि त निर्यात गरिरहेको छ । ढुङ्गा के खनिज जन्य होइन र ? अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


