Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

१०३ जना सामान्य प्रशासन मन्त्रालयका कर्मचारी कारबाहीमा


ग्लोबल पाना
सोमबार, जेठ २९ २०८०
  • 260
    SHARES

  • images
    १०३ जना सामान्य प्रशासन मन्त्रालयका कर्मचारी कारबाहीमा

    काठमाडौं । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए।

    images
    images
    images

    सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन्। कारबाहीमा परेका कर्मचारीहरुको सोमबारको हाजिरीमा रातो लगाइएको छ। सचिव डा. पुस्करले ती कर्मचारीहरुको हाजिरीमा रातो लगाएका हुन्।

    कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन्। त्यसैगरी, ३६ जना शाखा अधिकृत र ४१ जना नायब सुब्बा तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेको जानकारी मन्त्री मोदीको निजी सचिवालयले दिएको छ।

    ‘सुशासन कायम गर्ने विषय नै हाम्रो पहिलो प्राथमिकताको विषय हो’ आफूले सम्हालेका मन्त्रालयका कर्मचारीमाथि कारबाही प्रारम्भ गरेपछि मन्त्री मोदीले भने, ‘‘बिहानको सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाउन थालेका छौँ, यो प्रक्रिया जारी रहन्छ।’’

    अतिरिक्तका उपसचिवको जिससमा सरुवा यसैबीच, मन्त्रालयको अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवहरुको सरुवा भएको छ। अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ।

    बाँकी सबैको विभिन्न जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा भएको छ। मन्त्री मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउँदै आएका छन्।

    स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानलाई तीव्रता दिइरहेका मन्त्री मोदीले अतिरिक्त समूहका कर्मचारीलाई पनि प्रदेश तथा स्थानीय तहमा खटाउन थालेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ