Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पर्यटन प्रवर्द्धन गर्न राइनास लम्जुङमा साइकल ट्रेल निर्माण


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 228
    SHARES

  • images
    पर्यटन प्रवर्द्धन गर्न राइनास लम्जुङमा साइकल ट्रेल निर्माण

    लमजुङ। लमजुङको राईनास नगरपालिकाले पर्यटन प्रवर्द्धनका साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरेको छ। राइनास नगरपालिकाको वाड ९ र १० को गौरबको योजना अन्तर्गत स्थानीयको जिबनस्तरलाइ उकास्न पर्यटक लक्षित साइकल ट्रेलको निर्माण गरेको हो।

    images
    images
    images

    वडा नं. ९ र १० लाई जोड्ने गरी निमाणर् गरिएको साइकल ट्रेल तथा पदमार्गको औपचारिक उद्घाटन गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटक  प्रवर्द्धनका निम्ती आकर्षण थप्दै  साइकल यात्रा सहित नगरप्रमुख खड्ग बहादुर गुरुङले उक्त साईकल ट्रेलको उद्घाटन गरेका हुन्।

    साइकल ट्रेल औपचारिक उद्घाटनका अवसरमा लमजुङ र अन्यत्र जिल्लाका गरी २१ जनाले साईकल यात्रा गरेका थिए। साइकल यात्रीहरुले राईनास वडा नं. १० को प्यारजुंग भन्ज्याङदेखि जोगिगुफा, साल्मेकोट लामागाउँ, गोरखनाथ मन्दिर, कोकेगाउ, घुरसापे, दरबारगढी, पात्लेपानी, राइनासकोट हुदै सिद्ध गुफा भएर भक्ति थापा पार्क मोहोरियाकोट सम्म साइकल यात्रा गरेका थिए।

    राइनासको पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्‍याउने लक्ष्य सहित नगरपालिकाले भक्तिपार्क देखि प्यारजुङ भञ्ज्याङ सम्म साइकल ट्रेल तथा पदमार्ग निर्माण गरेको हो। उक्त ट्रेल तथा पदमार्ग निर्माणलाई चालु आर्थिक वर्षको गौरवको योजनाको रुपमा लिइएको छ।

    राइनास नगरपालिका वडा नं. ९  को १० लाख र वडा नं १० को ६ लाख गरि १६ लाख रुपैयाको लागतमा ट्रेल तथा पदमार्ग निर्माण भएको हो। साइकल ट्रेल र पदमार्ग निमाणर्मा स्थानियको १० प्रतिशत जनश्रमदान रहेको छ। सो क्षेत्रका धार्मीक, पर्यटकीय तथा ऐतिहासीक स्थलहरुको प्रवर्दन तथा संरक्षणका निम्ति ट्रेल तथा पदमार्ग निर्माण गरिएको राईनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए।

    साइकल ट्रेल र पदमार्ग निमाणर् समितिका अध्यक्ष धुव्र गुरुङले लमजुङमा पर्यटन प्रवद्र्धनमा नयाँ कामको थालनी भएको भन्दै यसले राइनासको मात्र नभई सिंगो लमजुङको पर्यटनमा प्रवद्र्धन हुने बताए।

    राइनास ९ को भक्ती थापा पार्क देखि, राइनासकोट, हुँदै वडा नं १० को पात्लेपानी ऐतिहासीक दरबार, कोकोगाउँको गोरखनाथ मन्दिर, लामा गाउँको साल्मेकोट जोगी गुफा, क्याभ्रे भञ्ज्याङ हुँदै प्यारजुङ भञ्ज्याङ सम्म करिव ६ किलोमिटर साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको नगरपालिकाले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ