Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बजेटमा देखिएको असन्तुष्टि अन्त्य गर्न सत्ता गठबन्धन सहमत


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 245
    SHARES

  • images
    बजेटमा देखिएको असन्तुष्टि अन्त्य गर्न सत्ता गठबन्धन सहमत

    काठमाडौं । बजेटमा देखिएको असहमतिलाई अन्त्य गरेर बजेटा पारित गर्ने विषयमा सत्ता गठबन्धनमा एकमत भएको छ। मंगलबार प्रधानमन्त्री निवासमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटमा देखिएको विमतिलाई अन्त्य गर्ने सहमति भएको हो।

    images
    images
    images

    बजेटमा आफूहरुलाई बेवास्ता गरेको, अर्थमन्त्रीले एकमना सरकारको जस्तो गरी बजेट ल्याएको तथा तीन वटा जिल्लामा मात्रै बजेट केन्द्रित भएको भन्दै सरकारमा सहभागी एकीकृत समाजवादी र जसपाले यथास्थितिमा बजेट पारित गर्न नसकिने अडान राखेका थिए।

    एकीकृत समाजवादी त सोमबार यो विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारी गराएका थिए।

    एकीकृत समाजवादी र जसपाले यथास्थितिमा बजेट पारित गर्न नसक्ने अडान लिएपछि मंगलबार सत्ता गठबन्धनको बैठक बसेको थियो। सो बैठकले बजेटमा देखिएको सहमतिको अन्त्य गर्दै बजेट पारित गर्ने सहमति गरेको हो।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सत्ता गठबन्धनको बैठकमा सहसामयिक विषयमा सकारात्मक छलफल भएको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ