Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा स्वास्थ्य चौकीसहित ४ वटा भवनको उद्घाटन


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 302
    SHARES

  • images
    भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा स्वास्थ्य चौकीसहित ४ वटा भवनको उद्घाटन

    चितवन । भरतपुर महानगरपालिकामा गाँउ-टोलमै सहज स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र पारिएको छ । जिल्ला सदारमुकाम भरतपुरमा भएपनि महानगरको ग्रामिण भेगका जनतालाई लक्ष्ति गरी सजह स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र पारिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्।

    images
    images
    images

    महानगरमा २९ वटा वडा रहेपनि ४ वटा वडामा मात्रै ठुलो अस्पताल मेडिकल कलेज रहेका छन् । निर्वाचन अभियानको क्रममा गाँउ टोलमै सजह स्वास्थ्य सेवा दिने लक्ष्य अनुसार स्वास्थ्य केन्द्रहरु स्थापना गरी सेवा दिँदै आएको छ ।

    महानगरभित्रको विपन्न समुदाय लक्षित वडाहरुमा पहिलो चरणमा २० वटा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गरेको जानकारी दिँदै भरतपुरमा एक वडा एक अत्याधुनिक स्वास्थ्य केन्द्र पुराईने प्रमुख दाहालले बताइन्।

    सोही अभियान अन्र्तगत मंगलबार महानगरपालिकाको वडा नम्बर २४ मा धुब्र आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । यो सँगै भरतपुर २४ का स्थानीयहरु प्राथामिक उपचार गर्न सदारमुकाम तथा अन्य वडा जाने समस्या हटेको छ । यसअघि यहाँका स्थानीयहरु छिमेकी वडा शिवनगर तथा भरतपुर अस्पताल आउने पर्ने आवस्था थियो । यस अस्पताललाई थप स्तरोन्ति गरी स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिइएको छ ।

    महानगरपालिका प्रमुख दाहालले संघीयताको मर्मानुसार जनताको घर-घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान सञ्चालन गरिएको बताइन्। उनले भरतपुर २४ लाई दिगो विकास गर्ने लक्ष्यसहित पूर्वाधार विकाससँगै सिँचाई, कृषि फर्मलाई अनुदानमा यन्त्र उपकरण, पर्यटकीय स्थलको स्तरोन्ति, मेसजाली फाउण्डेशन, पशु चिकित्सालयलगायतका धेरै काम भएको उल्लेख गरिन्।

    भरतपुर २४ का रहेका भूमिहिन सुकुम्बासीलाई एक महिनाभित्रे लालपुर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन्। लालपुर्जा वितरण गर्ने काम तीब्र रुपमा अगाडि बढाईएको उनको भनाई छ ।

    यसै बीच भरतपुर २४ कै छेथरलिङ वौद्ध गुम्बा संग्राहलय भवन, जनपथ क्लबको भवन र एकता सार्की समाजको भवनको पनि महानगर प्रमुख दाहालले उद्घाटन गरिन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जनताको सानाभन्दा साना समस्या सम्बोधन गर्न महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरिन्।

    कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ