Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नारायणी डेभलपमेन्ट बैंक को असार १ मा एजीएम


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 294
    SHARES

  • images
    नारायणी डेभलपमेन्ट बैंक को असार १ मा एजीएम

    काठमाडौ । नारायणी डेभलपमेन्ट बैंकले २१औं वार्षिक साधारणसभा आगामी १ असारमा बोलाएको छ । सभा होटल मोनालिसा, सौराहा चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । यता, बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।

    images
    images
    images

    सभामा बैंकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूणर् अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुनेछ ।

    सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले असार १०  बुक क्लोज गर्ने जनाएको छ । यसआधारमा ९ असारसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ