Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक, वार्षिक नीति तथा कार्यक्रम स्वीकृत


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 307
    SHARES

  • images
    कोशी प्रदेश मन्त्रिपरिषद् बैठक, वार्षिक नीति तथा कार्यक्रम स्वीकृत

    मोरङ। कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०्८१ वार्षिक नीति कार्यक्रम छलफलका लागि स्वीकृति गर्ने निणर्य गरेको छ ।

    images
    images
    images

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज साँझ बसेको बैठकले उक्त निणर्य गरेको सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

    यस्तै बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम प्रदेशसभाको चालु अधिवेशन यही जेठ ३१ गते दिनको १ बजे सम्बोधन गरी प्रस्तुत गर्न अनुरोध गर्ने निणर्य गरेको छ ।

    प्रदेश प्रमुखको प्रदेशसभामा हुने नीति तथा कार्यक्रम सम्बोधनको आवश्यक सम्पूणर् व्यवस्था मिलाउनका लागि  प्रदेशसभालाई अनुरोध गर्ने निणर्य भएको प्रवक्ता सिटौलाले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ