Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इस्कोनको ४३औं जगन्नाथ रथयात्रा काठमाडौंमा


ग्लोबल पाना
बुधबार, जेठ ३१ २०८०
  • 290
    SHARES

  • images
    इस्कोनको ४३औं जगन्नाथ रथयात्रा काठमाडौंमा

    काठमाडौं । पहिले जगन्नाथ पुरीमा मात्रै हुने जगन्नाथ रथयात्रा करिब ५० वर्ष पहिलेदेखि अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ, इस्कोन संस्थापक, आचार्य अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपदले विश्वव्यापी रूपमा अमेरिकाको सन् फ्रान्स्किो बाट सुरुवात भएको उक्त जगन्नाथ रथयात्रा नेपालमा पनि विगत ४२ वर्ष देखि आयोजना गरिँदै आएको छ।

    images
    images
    images

    यही असार ५ गते काठमाडौंमा हुने जगन्नाथ रथयात्रा कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर टुंगिने कार्यक्रममा नेपालभरिका विभिन्न स्थानका हजारौं व्यक्तिहरूको सहभागिता रहने बताइएको छ।

    उक्त कार्यक्रममा भजन कीर्तन र निःशुक्ल प्रसाद वितरण हुने इस्कोन नेपालले जनाएको छ। साथै सम्पूणर् नेपालीहरुलाई उपस्थितिको निम्ति आयोजकले विशेष अपील समेत गरेको छ।

    वैदिक सनातन धर्ममा चारधामको विशेष महत्व रहने गर्छ। जसमध्ये एक हो भारतको ओडिसामा अवस्थित जगन्नाथ पुरी धाम। जहाँ जगन्नाथ रथयात्रालाई विशेष महत्वका हजारौं भक्तजनका साथ मनाइन्छ। जसले एकपल्ट मात्रै भगवान् जगन्नाथको रथको डोरी स्पर्श गर्छ उसले हजारौं अश्वमेध यज्ञ गरे बराबरको फल मिल्ने धार्मिक मान्यता छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ