Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हरेक मंगलबार नेपाल एयरलाइन्सको क्वालालम्पुरबाट भैरहवा उडान


ग्लोबल पाना
बुधबार, जेठ ३१ २०८०
  • 288
    SHARES

  • images
    हरेक मंगलबार नेपाल एयरलाइन्सको क्वालालम्पुरबाट भैरहवा उडान

    भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । सञ्चालनमा आएको १३ महिनापछि मंगलबार निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

    images
    images
    images

    भैरहवा विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगाएतले स्वागत गरेका थिए । जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर काठमाडौं फर्किएको छ। निगमले हरेक हप्ता मंगलबार मलेसियादेखि भैरहवा काठमाडौं उडान नियमित गर्ने जनाएको छ।

    मलेसियाबाट भैरहवाको उडान समय करिब ४ घण्टा ४५ मिनेटको रहनेछ। सो क्रममा मन्त्री किरातीले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन निर्देशन दिए।

    उनले सरकारले निगमका लागि पारदर्शी ढङ्गले जहाज खरिदको प्रक्रियामा रहेको भन्दै दुर्गम क्षेत्रमा सेवा दिनका लागि घाटा भए पनि जहाज खरिद गर्न लागिएको जानकारी दिए। २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए।

    तत्कालीन समयमा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान भने कुबेतको अल जजिरा एयरलायन्सले मात्रै गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ