Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भ्रष्टाचारीहरूसँग कुनै पनि प्रकारको सम्झौता गर्दैनौं : प्रधानमन्त्री


ग्लोबल पाना
बुधबार, जेठ ३१ २०८०
  • 239
    SHARES

  • images
    भ्रष्टाचारीहरूसँग कुनै पनि प्रकारको सम्झौता गर्दैनौं : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने बताएका छन्।

    images
    images
    images

    बुधबार बिहान पूर्व शिक्षामन्त्री एवं माओवादी केन्द्रका दिवंगत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरेको देख्छु। सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने। तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो। भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन।’

    पूर्वमन्त्री पौडेलको स्मरण गर्दै उनले भने, ‘उहाँलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ। उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो। डिआरको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको छ।’

    नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउने र समाजवादी मोर्चा बनाउन समाजवादको मौलिक बाटो खोजिरहेका जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको छ। लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका छन्। यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। कम्युनिस्टहरू मात्रै इमानदार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नुछ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ।’

    कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरू सहभागी थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ