काठमाण्डौ । धरान बजारमा कोकाहा खोलाको पानी ल्याउन उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सफल हुनुभएको छ । कोकाहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त रहेका मेयर हर्क साम्पाङ अन्ततः पानी ल्याउन सफल हुनुभएको हो ।
झन्डै ४० किलोमिटर दूरी पार गरेर कोकाहा खोलाको पानी गए राति माया धराने साबुन उद्योग निर्माणस्थल नजिक पकुवा खोलामा झारिएको छ । मेयर हर्क साम्पाङ गएको आइतवार रातिदेखि पटनाली क्षेत्रमै पाइप जोड्न र तान्नमै व्यस्त हुनुहुन्थ्यो ।
श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपबाट कोकोहाको पानी ल्याउन सफल भएपछि उहाँले भावुक भएर स्वदेश र विदेशका दाता, सङ्घ-संस्था, श्रम अभियानमा संलग्नहरूलाई धन्यवाद दिनुभएको उपमहानगरपालिकाले जनाएको छ ।
अब कोकाहा खोलाको पानीले धरानका खानेपानी उपभोक्तालाई तत्कालका लागि राहत हुने विश्वास लिएको मेयर साम्पाङले बताउनुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


