Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपालीले भारतबाट आलु, प्याज आयात गर्न बन्द गरे


ग्लोबल पाना
बुधबार, जेठ ३१ २०८०
  • 326
    SHARES

  • images
    नेपालीले भारतबाट आलु, प्याज आयात गर्न बन्द गरे

    काठमाडौं । कर बढेपछि भारतबाट आलु, प्याजलगायत तरकारी आयात गर्न बन्द गरेको नेपालका व्यापारीले मंगलबार बताएका छन् । उनीहरूले १३ प्रतिशत भ्याट तिरेर आयात नगर्ने बताएका छन् । गत महिना नेपाल सरकारले भारतबाट आउने यी सामानमा १३ प्रतिशत भ्याट लगाएको थियो ।

    images
    images
    images

    नेपाल सरकारको यो कदमको प्रतिपक्षी दलले कडा विरोध गर्दै न्यून आय भएका परिवारले यसबाट निकै सास्ती खेप्नु पर्ने र पहिले नै आकासिएको महंगी अझै बढ्न सक्ने बताएको छ ।

    संसदमा पेश भएको आर्थिक विधेयक अनुसार प्याज, आलु, अन्य तरकारी तथा फलफूलको आयातमा अब १३ प्रतिशत भ्याट लाग्ने भएको छ ।

    स्वदेशी किसानलाई फाइदा पुग्ने गरी यो कदम चालिएको सरकारको भनाइ छ । गत वर्ष नेपालले भारतबाट १ लाख ७३ हजार ८२९ टन प्याज आयात गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ