Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

औषधि पसल सञ्चालक ९ भारतीय पक्राउ


ग्लोबल पाना
बिहीबार , जेठ ३२ २०८०
  • 301
    SHARES

  • images
    औषधि पसल सञ्चालक ९ भारतीय पक्राउ

    काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन्।

    images
    images
    images

    उनीहरुलाई बुधबार पक्राउ गरिएको हो। दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।

    “नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौं”, उनले भने, “उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौं।”

    पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ