Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु


ग्लोबल पाना
बिहीबार , जेठ ३२ २०८०
  • 271
    SHARES

  • images
    निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु

    काबुल। अफगानिस्तानको सांगन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन्। सांगन प्रान्तको दरा-ए-सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो।

    images
    images
    images

    उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा-ए-सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन्। सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन्।

    बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा निस्सासिएर एकजना मजदुरको मृत्यु भएको थियो भने अर्का एकजना बेहोस भएका थिए। ताला-ओ-बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ