Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा बढ्दो चिनियाँ लगानीप्रति भारतको आपत्ति


ग्लोबल पाना
शुक्रबार, असार १ २०८०
  • 269
    SHARES

  • images
    नेपालमा बढ्दो चिनियाँ लगानीप्रति भारतको आपत्ति

    काठमाडौं । नेपालमा चिनियाँ लगानीमा परियोजना सञ्चालन नगर्न भारतीय पक्षले चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणका क्रममा भारतीय पक्षले नेपालमा चिनियाँ लगानीमा कुनै पनि परियोजना सञ्चालन नगर्न र लगानी नभित्र्याउन चेतावनी दिँदै उक्त परियोजनासँग कुनै सहयोग नगर्ने बताएको हो।

    images
    images
    images

    स्रोतका अनुसार चिनियाँ सहयोगमा सञ्चालित परियोजना प्रति आपत्ति जनाउँदै उक्त आयोजनासँग सरोकार रहने कुनै सहयोग र सहकार्य नगर्ने समेत बताएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा चिनियाँ लगानीमा सम्पन्न भएर हाल सञ्चालित भैरहवा विमानस्थल र गौतमबुद्ध विमानस्थललाई हवाई रुट दिन समेत इन्कार गरेको हो।

    प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय पक्षसँग गरिएको विद्युत् व्यापार सम्बन्धि सात बुँदे सम्झौतामा अपर कणर्ाली र फुर्कोट भारतलाई दिने सहमति भएको छ। यस अघि चिनियाँ सहयोगमा सम्पन्न आयोजनाहरुसँग कुनै पनि व्यापारिक सहकार्य नगर्ने भारतले स्पष्ट रुपमा भनेको स्रोतले जनाएको छ। भारतको सोही चेतावनीकै कारण अपर कणर्ाली भारतलाई दिन सरकार तयार भएको बताइएको छ।

    यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुट मागेकोमा भारतले चिनियाँ लगानीमा सञ्चालित भएको भन्दै रुट दिन अस्वीकार गरेको स्रोतले बतायो। प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भारतीय पक्षले चीनले नेपालमा निर्माण गरेका कुनै पनि आयोजनाबाट विद्युत खरिद नगर्ने स्पष्ट पार्दै त्यस्ता आयोजनाबाट उत्पादित विद्युत नेपाल आफैंले खपत गरे भारतलाई कुनै आपत्ति नहुने समेत जनाएको थियो।

    तर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले व्यापारिक प्रयोजनका लागि आयोजनाहरु सञ्चालन गर्ने अपेक्षा राख्नु अन्यथा नभएको बताए। उनले विद्युत व्यापारका लागि एकल रुपमा आफ्नै बजार कायम रहोस् भन्ने भारतको चाहनालाई व्यापारिक प्रयोजनको रुपमा मात्रै लिनुपर्ने टिप्पणी गरे। उनले भने, ‘व्यापारका लागि आफ्नो एकल बर्चस्व होस् भन्ने चाहना सम्पन्न देशले राख्नु अस्वभाविक होइन।

    तर चिनियाँ लगानीकै भएकै कारण असहयोग गर्ने हदसम्म भारत जाने देखिँदैन।’ उनले देशको भूराजनीति दुई विशाल र आर्थिक रुपले सम्पन्न देशकाबीचमा रहेकाले उनीहरुको प्रतिस्पर्धात्मक सम्बन्धलाई कुटनीतिक ढंगले पहल गर्नुपर्ने बताए। प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणले नेपाल भारत सम्बन्धमा नयाँ आयाम थपेको उनले दाबी गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ