Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधिसभा बैठकमा ३ मन्त्रालयको बजेट १ रुपैयाँ कायम गर्न प्रस्ताव गरिने


ग्लोबल पाना
आइतबार, असार ३ २०८०
  • 294
    SHARES

  • images
    प्रतिनिधिसभा बैठकमा ३ मन्त्रालयको बजेट १ रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

    काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ। जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

    images
    images
    images

    यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो।

    सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शिर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भन्ने प्रस्ताव गर्नेछन्।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ