Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पाँचथरको बाढीमा ५ जना बेपत्ता, ठूलो परिमाणमा क्षति


ग्लोबल पाना
आइतबार, असार ३ २०८०
  • 299
    SHARES

  • images
    पाँचथरको बाढीमा ५ जना बेपत्ता, ठूलो परिमाणमा क्षति

    पाँचथर । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ५ जना बेपत्ता भएका छन्। एक जनाको भने उद्धार गरिएको छ। हेवा खोलामा आएको बाढीमा परी उनीहरु बेपत्ता भएका हुन्। बाढीले ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

    images
    images
    images

    हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ-७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा बेपत्ता भएका छन्। उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको बताइएको छ।

    बाढीले फिदिम-४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका समेत गरी ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए। बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ।

    यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। यस्तै याङवरक गाउँपालिकामा ८ वटा घरहरू बगाएको प्रहरीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ