काठमाडौं । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता, पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा. बिजय जोली आज नेपाल आइपुग्नु भएकाे छ ।
जाेली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत आज नेपाल आउनु भएकाे हाे । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिनुहुन्छ । डा. जाेलीलाई मातृभूमि अभियान को केन्द्रिय अध्यक्ष तथा पुर्ब एआईजी डॉ रण बहादुर चन्द र मधेस प्रदेश अध्यक्ष संयुक्त आयोजना मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र सम्मान गर्नु भएकाे थियाे ।
नेपाल-भारत सम्बन्ध सुधार गर्न र भाइचारा वृद्धि गर्ने पवित्र उदेश्यले नेपाल आएको डा. जोलीको दाबी छ । उहाँले नेपाल भम्रणमा रहदा भगवान पशुपतिनाथकाे दर्शन गर्ने जानकारी दिनुभयाे।
जाेली ३ दिने नेपाल भम्रण पश्चात स्वदेश फिर्ता हुने उहाँका निजि सचिवले ग्लाेवल पानालाई बताउनु भएकाे छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


