Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

च्याछरा भिरबाट कर्णाली नदीमा जिप खस्यो


ग्लोबल पाना
सोमबार, असार ४ २०८०
  • 221
    SHARES

  • images
    च्याछरा भिरबाट कर्णाली नदीमा जिप खस्यो

    सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ।

    images
    images
    images

    हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए।

    जीपमा चालकसहित १३ सवार थिए। जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन्। उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।

    हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कणर्ाली नदीमा खसेको हो।

    उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ। उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रनाउ भट्टराईले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ