Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो


ग्लोबल पाना
सोमबार, असार ४ २०८०
  • 217
    SHARES

  • images
    बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो

    भोजपुर । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्‍याएको हो।

    images
    images
    images

    बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्यांकी बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ। चैनपुर नगरपालिका-११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए। खोलामा आएको बढीले आयोजनालाई क्षति पुर्‍याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिए।

    निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ थियो। ‘‘सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूणर्रुपमा क्षति पुगेको छ’’ प्रमुख सिंहले भन्नुभयो,‘‘खोला किनारमा रहेका संरचना बनाएको छ, क्षतिको पूणर्विवरण आउन बाँकी छ।

    अनुमानित रु डेढ करोडभन्दा बढीको क्षति भएको अवस्था छ।’’ आर्थिक वर्ष २०७५/७६देखि यो योजनाको निर्माण थालिएको हो। बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूणर् उपकरण तथा संरचनामा क्षति पुर्‍याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए।

    ‘‘बढीले खानेपानी सञ्चालनमा अवरोध भएको छ’’ उनले भने, ‘‘खोला किनार रहेको कुनै पनि संरचना बाँकी छैनन्। सबै पुरिएको अवस्था छ। बाढीका कारण करोडौँको क्षति भएको अवस्था छ।’’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ