Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्काउटले सोमबार ७२ औं स्थापना दिवस मनायो


ग्लोबल पाना
बुधबार, असार ६ २०८०
  • 244
    SHARES

  • images
    स्काउटले सोमबार ७२ औं स्थापना दिवस मनायो

    काठमाडौं । नेपाल स्काउटले सोमबार ७२ औं स्थापना दिवस मनाएको छ। वर्षेनी विशेष समारोह गरी नेपालमा स्थापना दिवस मनाइने गरिएको छ। कार्यक्रममा केन्द्रीय समिति संयोजक लोकबहादुर भण्डारीले प्रत्येक विद्यालयमा स्काउटलाई पुर्‍याउने योजनाअनुरूप यसको विस्तार भइरहेको बताए।

    images
    images
    images

    उनले पालिकामा पनि स्काउटलाई सक्रिय बनाउँदै एक घर एक स्काउट स्वयंसेवी उत्पादन गर्ने लक्ष्य सुनाए। कार्यक्रममा स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरूलाई विभिन्न सम्मान र पदवी वितरण गरिएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यमा सम्पन्न स्थापना दिवस समारोहमा स्काउट स्वयंसेवकहरूले विभिन्न कलाकौशल साथै झाँकीहरू प्रदर्शन गरेका छन्।

    पूर्वराष्ट्रपति भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गरेकी छन्। उनले नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिनसक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरू नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिहेको प्रमाणित हुने बताइन्।

    हरेक असार ५ गते नेपालमा स्काउट दिवस मनाउने गरिन्छ । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने उद्देश्य सहित नेपाल स्काउटको स्थापना वि.सं. २००९ असार ५ सालमा गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ