Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नागरिकमाथि भएको प्रहरी दमन तत्काल बन्द गर्न सांसद सिंहको माग


ग्लोबल पाना
बुधबार, असार ६ २०८०
  • 307
    SHARES

  • images
    नागरिकमाथि भएको प्रहरी दमन तत्काल बन्द गर्न सांसद सिंहको माग

    काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकमाथि भइरहेको प्रहरी दमन तत्काल रोक्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकताको माग राखेर भएको धर्नामा प्रहरीले दमन गरेको भन्दै यस्ता कार्य तत्काल रोक्न माग गरेका हुन्।

    images
    images
    images

    माइतीघर मण्डलामा नागरिकता पाउनुपर्ने माग गर्दै धर्नामा बसेका नागरिकमाथि भएको प्रहरी दमनको निन्दा र भर्त्सना गर्दै उनले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका हुन्। ‘केही दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलमा धर्नामा बसेका छन्।

    साथसाथै, संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनशनमा बस्नुभएको छ,’ उनले भने, ‘एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार चुकेकै छन्।

    जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने, त्यो पनि सरकारले गर्न सकिरहेको छैन। हिजो नै उनीहरूसँग जुन व्यवहार भएको छ, त्यसको भर्त्सना गर्न चाहन्छु। कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस्। सरकारसँग माग गर्न चाहन्छु।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ