Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गण्डकी प्रदेश सभा सदस्य कार्की योजना अनुगमनमा 


ग्लोबल पाना
बिहीबार , असार ७ २०८०
  • 464
    SHARES

  • images
    गण्डकी प्रदेश सभा सदस्य कार्की योजना अनुगमनमा 

    पोखरा । कास्की निर्वाचन क्षेत्र न २(१) बाट गण्डकी गण्डकी प्रदेश सभा सदस्य  भिम कार्कीले  आफ्नो  निर्वाचन क्षेत्र अन्तर्गतका योजनाको  अनुगमनलाई तिब्रता दिएका छ्न। कार्किले प्रदेश सरकार मार्फत आर्थिक बर्ष २०७९/८० मा निर्बाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत  प्राप्त २ करोड रुपैयाका विभिन्न बिकास आयोजनाको अनुगमन गरेका छ्न।
     

    images
    images
    images

    कार्किले रु ३० लाख रुपैयाँमा स्तरोन्नति हुँदै गरेको  पोखरा ३३ स्थित भञ्ज्याङ् आपु कस्यारी सडक ,स्तरोन्नति , सोही वडाको रु ३० लाख लागतमा स्तरोन्नति हुँदै गरेको हनुमान पोखरी भिमशाही सडक , सो वडाको रु १० लाखमा निर्माण हुँदै गरेको धारापानी सिढी बाटो, पोखरा २१ मा रू २० / २० लाखमा निर्माण हुँदै गरेका पुरानो सिम्ले सडक र बक्रेक कात्तिके सडक  तथा पोखरा १५ स्थित २० लाखमा निर्माण हुँदै गरेको एकतापथ टुटुङ्गा मोटरबाटो, पोखरा १७ को रू ५०  लाखमा निर्माण सम्पन्न हुँदै गरेको  सहरी स्वास्थ चौकिहुदै महत गौडा निस्कने ढलान बाटो  अनुगमन गरेका हुन ।

    सो स्थानीय उपभोक्ता, जन प्रतिनिधि र प्राबिधिक सहित अनुगमनमा पुगेका कार्कीले  गुणस्तरमा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनी र सरोकारवालाहरूलाइ निर्देशन दिए। कार्किको निर्बाचन क्षेत्र कास्की २(१) का सबै योजनाहरूको करिब ९५ प्रतिशत काम सम्पन्न भएको र बाकी काम केही दिनमै सम्पन्न हुने उनको सचिबालयले जानकारी दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ