Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी, हेर्नुहोस् सम्पूर्ण विवरण


ग्लोबल पाना
शुक्रबार, असार ८ २०८०
  • 257
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी, हेर्नुहोस् सम्पूर्ण विवरण

    काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै  ४६५ जना स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो॥ बैंकले सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)तहसम्मका पदका लागि दरखास्त माग गरेको हो।

    images
    images
    images

    खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ। जसमा खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी माग गरिएको छ।

    कुल पदमध्ये सहायक (प्रशासन र नगद)मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्न लागिएको छ। यो पदका लागि प्लस टु उत्तीणर् भए पुग्छ।

    योग्यता पुगेका इच्छुक उम्मेदवारले १० असारदेखि असार ३० गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप एक साता साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ।

    १.jpg
    undefined
    २.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ