Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दाइजो प्रथा उन्मुलन गर्ने मटिहानी नगरपालिकाको घोषणा


ग्लोबल पाना
शनिबार, असार ९ २०८०
  • 229
    SHARES

  • images
    दाइजो प्रथा उन्मुलन गर्ने मटिहानी नगरपालिकाको घोषणा

    महोत्तरी । एक अध्यणअनुसार महोत्तरीमा महिलाहरूको कुल मृत्युदरमध्ये झण्डै ३० प्रतिशत मृत्यु दाइजो कै कारण हुने गरेको पाइएको छ। निक्कै विकराल समस्याकोरुपमा जकडिएको दाइजो प्रथालाई उन्मुलन गर्न स्थानीय सरकारले समेत अग्रसरता नदेखाइरहेको बेला मटिहानी नगरपालिकाले भने यस्को अन्त्यको लागी नीति कार्यक्रम नै बनाएको छ।

    images
    images
    images

    बुधबार भएको ११औं नगरसभामा दाइजो प्रथाको अन्त्य गर्न नगरप्रमुख हरि मण्डलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    बालविवाह तथा दाइजो प्रथाको अन्त्यको लागी यसअघि पनि निक्कै प्रयास गर्दै आएको नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा औपचारिकरुपमा नै वालविवाह तथा दाइजोप्रथा उन्मुलन घोषणा गर्ने जिल्लामा मटिहानी नगरपालिका पहिलो नगरपालिका बनेको छ ।

    दाइजोप्रथा जस्तो कुप्रथाको अन्त्यका लागी स्थानिय सरकारलाइ ठुलो चुनौती वनिरहेको बेला मटिहानी नगरपालिकाले देखाएको तदारुकता यतिवेला सर्वत्र चर्चाको विषय बनेको छ।

    नगरसभामा प्रमुख अथितिकोरुपमा सहभागी भएका महोत्तरी क्षेत्र न.२ का निर्वाचित संघिय संसद तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारीले नगरप्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी भएको बताए।

    कुप्रथा तथा कु-संस्कारको अन्त्य गर्दै नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले  मटिहानीको विशिष्ट पहिचान सुरक्षित गरेको मन्त्री भण्डारीले आफ्नो धारणा राखे।

    ‘पहिचानको विकास मुख्य विकास हो। हरेकले आफ्नो पहिचानसहितको विकास खोज्नुपर्छ,’ उन्ले भने, ‘मटिहानीका नगरप्रमुखले यस्लाइ कायम राखेका छन।’

    बालविवाह तथा दाइजो प्रथालाइ निरुत्साहित गरेको भन्दै नगरपालिकाले २५ घरका अभिभावकलाई सामुहिक सम्मान समेत गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ