Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पशुपतिनाथको जलहरीमा २२ क्यारेटको १०६ किलो सुन


ग्लोबल पाना
सोमबार, असार ११ २०८०
  • 278
    SHARES

  • images
    पशुपतिनाथको जलहरीमा २२ क्यारेटको १०६ किलो सुन

    काठमाडौं । ०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरी आइतबार निकालेर तौल लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको हो।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो।स्रोतका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ। सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ। सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ।

    धार्मिक मान्यता अनुसार एक पटक शिवलिंगमा राखिसकिएको जलहरी निकाल्न मिल्दैन। तर जलहरीमा प्रयोग भएको सुनको तौलमा विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले क्षमा पूजा गरेर जलहरी निकालेर  तौल लिइएको हो।

    पशुपति क्षेत्र विकास कोषले शनिबार क्षमापूजासमेत गरिसकेको छ। स्रोतका अनुसार दक्षिण भारतबाट पण्डित बोलाएर पशुपतिनाथमा क्षमा पूजा गरिएको थियो।

    पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको विषयलाई लिएर विवाद हुँदै आएको छ। संसदमा समेत पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखिएको भन्दै विवाद भएको थियो।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निणर्य भएको थियोे। सो निणर्य अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।

    करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्। जुन अहिले किनै विवादमा परेको छ।

    महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ।

    पशुपति विकास कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ बराबरको १०३ किलो सुन खरिद गरेको थियो। त्यसमध्ये, जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको छ।

    यी सबै निर्माण सकिएपछि बाँकी रहेको १० हजार ९७६ ग्राम सुनको रिङ बनाएर जलहरीमा लगाएको कोषले बताएको छ। तर, महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा जलहरीमा लगाइएको रिङ बनाउन सो सुन प्रयोग भए/नभएको पुष्टि हुने कुनै कागजात कोषबाट पेस नभएको उल्लेख गरेको छ।

    उक्त समयमा किनिएको १०३ किलो सुनमा मिश्रण गर्न २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिङ्कसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको उल्लेख छ। तर, बाँकी रहेको १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ