Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

केन्द्रीय कारागार गुण्डा नाइकेको समूह निर्माण गर्ने अखडा बन्दै


ग्लोबल पाना
मंगलबार, असार १२ २०८०
  • 280
    SHARES

  • images
    केन्द्रीय कारागार गुण्डा नाइकेको समूह निर्माण गर्ने अखडा बन्दै

    काठमाडौं । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिएको सुन्धारास्थित केन्द्रीय कारागारभित्र दुई गुण्डा नाइकेहरुले आफ्नो अनुकुलको समूह निर्माण गर्ने अखडाको रुपमा प्रयोग भैरहेको छ। जेलबाहिर रहेका रमेश बाहुन र जेलभित्र रहेका समीरमानसिंह बस्नेतले जेलको आन्तरिक प्रशासन आफूले कब्जा गर्ने र त्यसअनुसार आपराधिक संसार विस्तार गर्ने थलोको रुपमा विकास हुन थालेको छ।

    images
    images
    images

    जेलभित्र हुने गरेका क्रियाकलाप बारे त्यहाँका कैदीबन्दीहरुले गृहमन्त्रालयलाई समेत जानकारी गराएका छन्। गैरकानूनी मिटरव्याजीदेखि लुटपाटसम्म हुन थालेपछि गृहमन्त्रालय र विभागीय निकायमा उजुरीसमेत दर्ता भएको छ। मन्त्रालयमा एक महिला कैदीले उजुरी दिएकी थिइन्।

    गृहमन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निजी सचिवालयमा २८ जेठमा दर्ता भएका दुई उजुरीको दर्ता नम्बर ५४७ र ५४८ रहेको छ। चौकीदार कारागारभित्रै लागु औषध, चुरोट र मदिरा बेचबिखन गर्ने गरिएको छ। त्यसमा मूल नाइके रमेश भनिने बै लामाको पनि संरक्षण रहेको उजुरीमा उल्लेख छ। अहिले त्यहाँ समीरमानसिंह बस्नेत निकट रहेका बै भन्ने रमेश लामा मूल नाइके रहेका छन्। उनको ठाउँमा बाहुन निकट रहेका नहकुल तामाङ आउन खोजेका थिए।

    तर उनको पालो अहिले तत्काल नआउने फागुनपछि मात्रै आउने भएकाले बस्नेतकै टिमले फागुनसम्म चौकीदार, मूल नाइके, नाइके, भाइनाइकेको पद पाइरहनेछ। गत बैखाख ८ मा १० वर्षको कैद भुक्तान गरेर जेलबाहिर आएका रमेश बाहुनले आफ्नो पक्षका तामाङ, शेरबहादुर बस्नेत र विष्णु पाण्डेलाई आन्तरिक प्रशासनमा ल्याउन जोडबल गरेका थिए।

    तर प्रशासनले नमानेपछि उनी बाहिर बसेर भएपनि त्यहाँका अन्य कैदी बन्दीसँग सम्पर्क गरेर विभिन्न प्रलोभन देखाएर, चाँडै जेलमुक्त गरिदिने आश्वासन दिएर तामाङलाई चौकीदार बनाउन दबाब दिने जस्ता कार्यमा लगाउने गरेको स्रोतको दावी छ।

    कारागारभित्र दुई समूह बनाएर झडप पर्ने अवस्था देखिएपछि जेल प्रशासनले केही कैदीलाई भद्र बन्दी गृहमा सरुवा समेत गरिदिएको छ।

    उनीहरुको समूहले कारागारभित्रै मिटरव्याजमा पैसा लगाउने समेत गर्न थालेपछि प्रशासनले केही कैदीहरुलाई काठमाडौंबाहिर पठाउनेगरी सरुवाको प्रस्ताव समेत गरिसकेको छ। कैदीका आफन्तले सीधै पैसा दिन नपाउने व्यवस्था छ।

    यसका लागि कारागारभित्र कैदीबन्दीका आफन्तबाट पैसा लिन रोकी ऋण लिन लगाउने र त्यस्तो ऋणको सयकडा ५ रूपैयाँका दरले हिसाब गरी मिटरब्याज उठाउने गरिएको स्रोतले जनाएको छ।

    त्यस्तै कैदीबन्दीका लागि आफन्तले दिएको रकम दुवै समूहले हडप्ने गरेको गुनासो पनि कारागार प्रशासनमा पुगेको छ।

    कारागारको प्रशासनको जेलर भवनमा आउने मानिसहरुको चेकजाँचको व्यवस्था छैन। कारागारको प्रशासन जेलर भवनमा मुल नाइके, चौकीदार र हेडमास्टर जस्ता कैदीबन्दीहरुको कारागार प्रशासनको जेलर भवनसम्म सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्था छ।

    यस्तै पुरुष कारागारतर्फ पनि कारागारको प्रशासन जेलर भवनमा मुल नाइके, चौकीदार, बैदार, ठूलो बैदार जस्ता कैदीबन्दीहरूको कारागार प्रशासनको जेलर भवनसम्म सहज रूपमा आउन पाउँछन्।

    जसले गर्दा कैदीबन्दीलाई भेटघाट गर्ने बहाना बनाई बाहिरबाट आएका ब्यक्ति र मुल नाइके, चौकीदार, बैदार, ठूलो बैदारजस्ता कैदीबन्दीहरुको सहज भेटघाट हुने गरेको बाहुन समूहका कैदीहरुले लागउने गरेका छन् भने बस्नेत समूहका कैदीहरुले कारागारत्रि अराजकता फैलाएको कैदीकन्दीबाट पैसा उठाएको आरोप लगाएका छन्।

    यस्तै पुरुष कारागारतर्फ हाल चौकीदार रहेका प्रभाकर नरसिंह राण, मूल नाइके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धरसमेत छन्। उनीहरु बस्नेत समूहको भएको आरोप लगाइएको छ। उनीहरुकै स्थानमा बाहुन समूह आउन खोजिरहेको छ।

    दैनिक लाखौंको कारोबार हुने कारगारभित्र आन्तरिक प्रशासन चलाउन यिनै चौकीदार र मूल नाइके नाइके भूमिका रहने हुनाले त्यहाँ सबैको आँखा लाग्ने गरेको छ। तरकारी तथा खाद्यान्न पसल चौकिदार प्रभाकर नरसिंह राणा र किराना पसल प्रीतम मानन्धरले सञ्चालन गरी गरिहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ